करिब ३ हजार १५० किलो गाँजा बरामद
नेपालखोज
२०८२ असार २९ गते १७:३६

मोरङ । कटहरी गाउँपालिका-३ कटहरी चोकबाट अवैध लागूऔषध गाँजा करिब ३ हजार १५० किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ को.१ ख ४५१८ नम्बरको ट्रक छाडि चालक फरार भएपश्चात ट्रक तलासी गर्दा १ सय ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया