स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेकको विषय छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् ।
मन्त्री लेखकले आज स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलबाहेक स्पेन को को गए रु कुन विधि प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देशन दिएको छु, मन्त्री लेखकले भने, स्पेन जान भिजिट भिषाको प्रबन्ध कसले ग¥यो रु लगायतका विषयमा अनुसन्धान हुनेछ ।
उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ । यस विषयमा दोषी देखिएकालाई कारबाही गरिने छ, उनले भने । प्रधानमन्त्री ओली यही असार १४ गते स्पेन भ्रमणमा गएका थिए ।

प्रतिक्रिया