३५ अंकले घट्दा आठ अर्ब १७ करोड रुपैंयाँको शेयर किनबेच
एक दिन पनि टिकेन नेप्सेको उच्च वृद्धि

काठमाडौं । मौद्रिक नीति घोषणा पछि उच्च अंकले बढेको नेप्से एक दिन पनि टिक्न सकेन । सो अनुसार पहिलो दिन २९ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने ३५ दशमलव शून्य नौ अंकले घटेर २७ सय २५ दशमलव ७१ अंकमा झरेको छ ।
यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स छ दशमलव ८३ अंकले घटेर चार सय ७४ दशमलव ३५ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २१ वटा कम्पनीहरूको ७२ हजार छ सय एक पटकको कारोबारमा दुई करोड ११ लाख दुई हजार पाँच सय ४० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब १७ करोड २१ लाख ४३ हजार तीन सय २६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरूको शेयर कारोबार भएकोमा जलविद्युत समूहको सूचक पाँच दशमलव ३२ अंकले बढेर ३५ सय ३९ दशमलव ६५ अंकमा चढेको छ भने बाँकी समूहहरूको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ३७ दशमलव दुई अंकले घटेर १४ सय ६६ दशमलव २८ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि ८५ दशमलव ४१ अंकले घटेर ५६ सय ५१ दशमलव २४ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक पनि २८ दशमलव ७४ अंकले घटेर २५ सय छ दशमलव ८० अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि एक सय ८१ दशमलव ५३ अंकले घटेर १३ हजार ९८ दशमलव ८० बिन्दुमा झरेको छ ।
निर्जीवन बिमा समूहको सूचक पनि एक सय ३२ दशमलव ३२ अंकले घटेर १२ हजार चार सय नौ दशमलव ११ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः १७ दशमलव ५६, एक दशमलव ४२, ५७ दशमलव १८, ६३ दशमलव ४१, शून्य दशमलव शून्य तीन, २९ दशमलव ३४ र २६ दशमलव ६४ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माईखोला हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।








प्रतिक्रिया