घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न गगनकुमार थापाकाे प्रधानमन्त्रीलाई सुझाव

नेपालखोज २०८२ असार ३० गते १८:२४

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

नेपाली कांग्रेस पेशागत तथा बुद्धिजिवि बिभागले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले घुस प्रकरण नै सार्वजनिक भएपछि प्रधानमन्त्रीले मन्त्रीलाई तत्काल बर्खास्त गरि छानविन गर्नुपर्ने सुझाव दिए ।

छानविनका क्रममा दोषि देखिए कारवाही हुनुपर्ने उनले बताए । महामन्त्री थापाले घुस प्रकरणको अडियो सार्वजनिक भएपछि आफूले गल्ती गरेको होइन भन्ने आँट समेत मन्त्रीले गर्न नसकेको जिकिर गरे । उनले सत्ताको शक्ति प्राप्त गरेपछि पनि कानून भन्दा माथि कोहि नहुने बताए ।

त्यस्तै थापाले न्यायापालीकालाई सफा र स्वतन्त्र बनाउनका लागि संविधान संशोधन गर्दा खुला रुपमा बहस गर्नुपर्ने बेला आएको समेत बताए । समग्र न्यायापालीकाको पुनसंरचनाका लागि आवश्यक परे न्यायाधीशको पुनर्नियुक्त गर्न समेत तयार हुनुपर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले कांग्रेसको अनुशासन समितिले गरेको कारवाहीको निर्णयले पार्टीको एकता खल्बलिने धारणा राखे । अनुशासन पर्व चलेको भन्दै उनले यो पार्टीको परम्परा र विधान, कानुनको हिसाबले उचित नरहेको बताए ।

प्रतिक्रिया