बिमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त

नेपालखोज २०८२ असार ३० गते २२:००

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ । अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय समिति गठन गरेको हो ।

उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन भएको छ । उक्त समितिमा बिमाविज्ञ कपिल ओली र एक जना अर्थशास्त्री रहेका छन् । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका छन् ।

बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ मा अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा स्वतः निलम्बन हुने व्यवस्था छ । मन्त्रिपरिषद्ले अध्यक्ष ओझालाई पदमुक्त गर्ने प्रयोजनका लागि छानबिन समिति गठन गरेको हो ।

प्रतिक्रिया