सोमबार, पुष ७, २०८२

साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल आज श्रीलंकासँग खेल्ने

नेपालखोज २०८२ असार ३१ गते ११:०९

काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आज आफ्नो तेस्रो खेल श्रीलंकाविरुद्ध खेल्ने भएको छ ।

बंगलादेशमा जारी खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुने छ ।

नेपालले पहिलो खेलमा भुटानलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।

श्रीलंकाले हालसम्म दुवै खेल गुमाएको छ । प्रतियोगितामा बंगलादेश २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । नेपाल र भुटानको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा नेपाल दोस्रो स्थानमा छ ।

नेपालले उपाधिका लागि होड गर्न बाँकी सबै खेल जित्नुका साथै गोलअन्तरमा पनि मजबुत हुनुपर्नेछ ।

प्रतिक्रिया