नवजात शिशु र आमाको उद्धार
नेपालखोज
२०८२ असार ३१ गते १२:२७

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम जिल्लाको आठबिसकोट नगरपालिका–४ गोताकोटबाट नवजात शिशुसहित आमाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
आज बिहान गोतामकोटकी २२ वर्षीया अर्चना विक र उनको शिशुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो । सोमबार बिहान जन्मेको शिशुको श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पठाइएको आठविसकोट नगरप्रमुख रवि केसीले जानकारी दिए ।
नगर अस्पतालमा उपचार सम्भव नभएपछि विक र उनको नवजात शिशुलाई थप उपचारका लागि सुर्खेत पठाइएको हो । नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आमाबच्चाको उद्धार गरिएको नगरपालिकाले जनाएको छ
सम्बन्धित

प्रतिक्रिया