बुधबार, पुष ९, २०८२

३४ अंकले बढ्दा ९ अर्ब ४१ करोडको शेयर किनबेच

नेपालखोज २०८२ असार ३१ गते १५:३६

काठमाडौं । शेयर बजारमा करेक्सन देखिएको छ । नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने ३४ दशमलव ४६ अंकले बढेर २७ सय ६० दशमलव १७ अंकमा पुगेको छ ।

नेप्सेमा आज ३१७ वटा कम्पनीको ७४ हजार ५७ पटकको कारोबारमा दुई करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा १२ वटा समूहहरुको सूचक बढेको छ भने सामुहिक लगानी कोष समुहको सुचक स्थिर देखिएको छ ।

जसमध्ये वाणिज्य बैक समूहको सूचक २६ दशमलव ५५ अंकले बढेर १ हजार ४९२ दशमलव ८४ अंकमा पुगेको छ भने विकास बैंक समूहको सूचक पनि ६९ दशमलव ४३ अंकले बढेर पाँच हजार सात सय २० दशमलव ६८ अंकमा पुगेको छ । फाइनान्स समूहको सूचक पनि ४५ दशमलव एक अंकले बढेर २५ सय ५१ दशमलव ८२ अंकमा पुगेकोमा जलबिद्युत समूहको सूचक पनि ६० दशमलव ७३ अंकले बढेर ३६ सय दशमलव नौं अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक पनि ९० दशमलव एक अंंकले बढेर १३ हजार १८८ दशमलव ८१ अंकमा पुगेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ९५ दशमलव ५४ अंकले बढेर १२ हजार पाँच सय चार दशमलव ६५ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि क्रमश: ६४ दशमलव १४, एक दशमलव २१, ६३ दशमलव ४३, ६४ दशमलव ८२, १२ दशमलव २२ र ३५ दशमलव २० अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा सुपर मादी हाईड्रोपावर कम्पनी परेको छ भनेबढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा भगवती हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने बुटवल पावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया