अटो रिक्साको ठक्करबाट एक जनाको मृत्यु
नेपालखोज
२०८२ असार ३१ गते १७:२५

मोरङ । मिक्लाजुङ गाउँपालिका–६ जनजाती चोकस्थित सडकमा प्र.१-०२-००३ ह ३५९५ नम्बरको अटो रिक्साको ठककरबाट सोही ठाउँ बस्ने ५२ वर्षीय अमृत मगरको मृत्यु भएको छ ।
सोमबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
प्रहरीले हाल फरार अटो रिक्सा र चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया