एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी

नेपालखोज २०८२ असार ३२ गते १०:१७

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिव पदमा वरिष्ठ पत्रकार तथा समाजसेवी खगराज गौतम (विश्वास) ले उम्मेदवारी दिएका छन् ।

हाल एनआरएनए जापानको प्रवक्ताको रुपमा कार्यरत गौतमले संस्थामा पारदर्शिता र जवाफदेही नेतृत्वको विकास र संस्थालाई संस्थागत रूपमा संचालन गराउने उद्देश्यलेसन् २०२५-२०२७ को लागि एनआरएनए एनसीसी जापानको महासचिव पदमा उम्मेद्वारी दिएको जनाए ।

आगामी २ वर्षको कार्यकालमा एनआरएनए जापानलाई संस्थागत विकासको बाटोमा अघि बढ़ाई सामान्य भन्दा सामान्य व्यक्तिले पनि ’एनआरएनए जापान मेरो दु:खको पनि सुखको पनि नजिकको साथी’ भन्ने धारणा विकास गराउने नै मेरो मुख्य उद्देश्य रहने छ,’ गौतमले भने ।

जनहित न्यूजका सम्पादक समेत रहेका गौतम गलकोट समाज जापानका लेखा अनुगमन तथा अनुशासन समितिका संयोजक पनि हुन् । उनले आगामी२७ जुलाईमा हुन लागेको एनआरएनए जापानको १२ औं महाधिवेशनबाट नयाँ कार्यसमितिको महासचिव पदमा विजयी बनाउन जापानवासी सबै पंजीकृत सदस्यहरुलाई आग्रह गरेका छन् ।

‘विगत २५ वर्षदेखि सञ्चारकर्म, १२ वर्ष गैर सरकारी संस्थाहरुमा काम गरेको अनुभव र एनआरएनए जापानमा विगत ३ कार्यकाल बाहिर रहि सहयोगीको भूमिका र हाल प्रवक्ताको रुपमा संस्थाको संस्थागत विकासमा पुर्याएको योगदान, अनुभव र सिकाईलाई एकमुष्ट एनआरएनए जापानको सुदृढीकरणमा योगदान प्रदान गर्न मैले महासचिव पदमा उम्मेद्वारी दिएको हुँ,’ गौतमले भने ।

एनआरएनए केन्द्रका साथै एनसीसी जापानलाई पनि एकताबद्ध बनाउन आफुले सक्दो पहल गर्ने उनले बताए ।

प्रतिक्रिया