राष्ट्र बैंकको लगानी प्रस्ताव, ५७ करोड बैकिङ प्रणालीमा राखिने

काठमाडाैं । नेपाल राष्ट्र बैंकले ५७ करोड रुपैयाँ लगानीको लागि प्रस्ताव आव्हान गरेको छ ।
राष्ट्र बैंकले बुधबार वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो । उपदान तथा पेन्सन कोषमा रहेको रकम ३६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकको भनाई छ ।
रकम लगानीको अवधि २०८२ साउन छ गतेदेखि २०८३ साउन छ गतेसम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीले यही साउन दुई गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि ४५ करोड ६० लाख, बिकास बैंकहरुको लागि आठ करोड ५५ लाख र फाईनान्स कम्पनीहरुको लागि दुई करोड ८५ लाख रुपैयाँ तोकिएको छ ।
रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापनको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका न्युनतम सर्तहरु तोकिएका छन् ।

प्रतिक्रिया