निर्वाचन आयोगका पदाधिकारीबाट स्व शर्माको परिवारजनसँग भेट
नेपालखोज
२०८२ असार ३२ गते १७:५६

काठमाडौं । निर्वाचन आयोगले पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुन समशेर जबरालगायत पदाधिकारीले आज दिवङ्गत शर्माको परिवारजनसँग भेट गरी समवेदना व्यक्त गरेको गरेका हुन् ।
स्व शर्माले निर्वाचन कानुनमा सुधार, निर्वाचनमा लैङ्गिक तथा समावेशीकरण नीति तथा आयोगको रणनीति कयोजना कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वह गरेकी जनाउँदै आयोगले नेपालको निर्वाचन इतिहासमा पु¥याएकाे योगदानका लागि उच्च सम्मान व्यक्त गरेको छ ।
विसं २०६९ चैत ११ गते निर्वाचन आयुक्तको पदमा नियुक्त भई २०७५ चैत १० गतेसम्म कार्यरत शर्माको ५८ वर्षको उमेरमा यही असार २८ गते निधन भएको थियो । -रासस
सम्बन्धित

प्रतिक्रिया