नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवतीद्वारा शपथ ग्रहण
नेपालखोज
२०८२ असार ३२ गते १९:१५

काठमाडाैं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शपथ ग्रहण गरेकी छन् ।
बुधबार शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई शपथ ग्रहण गराएका हुन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगण, सुरक्षा निकायमा प्रमुख, संवैधानिक निकाय प्रमुख, मुख्यसचिव, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायत सहभागी थिए ।
घुस डिलको अडियो प्रकरणका कारण प्रधानमन्त्रीको निर्देशनमा राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि न्यौपान सामान्य प्रशासन मन्त्री नियुक्त भएकी हुन् ।
सम्बन्धित

प्रतिक्रिया