‘नेपालको खेलकुद गुणात्मक सुधारको बाटोमा गइरहेकोछ’

काठमाडाैं । युवा तथा खेलकुद मन्त्रालयको आयोजना र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा राष्ट्रिय खेल संघ/महासंघका पदाधिकारीसंगको अन्तरक्रिया सम्पन्न भएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बुधबार सम्पन्न कार्यक्रममा खेलकुद मन्त्रालयका सह–सचिव सुवासचन्द्र सिवाकोटीले कानूनी, प्रशासनिक, आर्थिक र विविध पक्षमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सानुराजा केसीले राष्ट्रिय खेल संघका आर्थिक श्रोत, अन्तर्राष्ट्रिय संघ/महासंघबाट प्राप्त सहयोग, प्रायोजन, टिकट विक्री, प्रशिक्षण शुल्क, खेलाडी ग्रेडिङ र लाइसेन्स विवरण, भौतिक संरचना तथा बजेट बारे कार्यपत्र पेश गरेका थिए ।
सो क्रममा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालको खेलकुद गुणात्मक सुधारको बाटोमा गइरहेको बताए । उहाले मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको प्रशिक्षणमा रहेका खेलाडीको सुविधा बृद्धिमा पहल गरिने धारण राखे । निजी क्षेत्रसंग सहकार्य गरी खेलकुदलाई अगाडि बढाउने बताउदै सुशासन, पारदर्शीता र सुदृढकरणमा उहाले जोड दिए ।
कार्यक्रमका सहभागीले दसौं राष्ट्रिय खेलकुद, खेलाडीले पाउने पुरस्कार, कर्मचारीको दरबन्दी, खेल सामाग्री, अन्तर्राष्ट्रिय एक्सपोजर, लेखा परिक्षण, पेश्की, बेरुजु, प्रशिक्षणस्थल, बजेट, खेल सामाग्रीलगायतका विषयमा आ–आफ्नो धारणा राखेपका थिए ।








प्रतिक्रिया