एमालेको सचिवालय बैठक बस्दै, विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुने

नेपालखोज २०८२ साउन १ गते ८:४२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा विधान महाधिवेशनको तयारीका विविध विषयहरूमा छलफल र निर्णयहरू हुने जनाइएकाे छ ।

यस्तै, बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्तावका खाकाहरू प्रस्तुत गर्ने छन् ।

त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया