प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
नेपालखोज
२०८२ साउन १ गते ८:५०

बागमती । वाग्मती प्रदेशसभाबाट पारित दुईवटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रमाणीकरण गरेका छन् ।
प्रदेशसभाबाट पारित आर्थिक वर्ष २०८२÷८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रदेश प्रमुख देवकोटाले बुधबार प्रमाणीकरण गरेका हुन् ।
दुवै विधेयक यही असार २३ गते बसेको प्रदेशसभा बैठकले पारित गरेको थियो । -रासस
सम्बन्धित

प्रतिक्रिया