मेराे चरित्र हत्या गर्ने प्रयास भएइ रहेको छ : मन्त्री अधिकारी

नेपालखोज २०८२ साउन १ गते १७:३८

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले घुस लेनदेन सम्बन्धी अडियोमा आफ्नो नाम मुछेर चरित्र हत्या गर्ने प्रयास भएको बताए । उनले आफुले गल्ती गरेको प्रमाण आए जस्तोसुकै कारवाही भोग्न समेत तयार रहेको स्पष्ट पारे ।

मन्त्री अधिकारीले अडियोमा बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू आफू सम्बन्धित नभएको दावी गरे । आफ्नो नामका साथै परिवारसँग समेत मुछेर स्वार्थ समूहले आफ्नो अभिष्ट पूरा गर्ने प्रयास गरेको उनको भनाइ छ ।

प्रतिक्रिया