अबदेखि राहदानीबाट प्रतिपटक तीन हजार अमेरिकी डलरको सटही सुविधा

नेपालखोज २०८२ साउन १ गते १८:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतिपटक तीन हजार अमेरिकी डलरको सटही सुविधा सम्वन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र–२०८१ मा संशोधन/परिमार्जन/थप गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले आर्थिक बर्ष २०८२/०८३ को नीतिगत व्यवस्थाहरु कार्यान्वयनमा ल्याउने क्रममा बिहिबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

यो व्यवस्था अनुसार राहदानी सुविधा बापत पाउने सटही रकम भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी बापत प्रतिपटक अमेरिकी डलर तीन हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सकिनेछ । यसअघि यस्तो सटही सुविधा २५ सय अमेरिकी डलरसम्म रहेको थियो ।

परिपत्र अनुसार मुद्रा सटही सम्बन्धी कारोबार गर्ने संस्थाले देहायका कुनै पनि समयमा ग्राहकको उपयुक्त पहिचान गर्न आवश्यक परिचय लिने र सोको उचित परीक्षण गरी रेकर्ड समेत कायम गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको छ ।

साथै, ग्राहकको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा संस्थाले नियमावलीको नियम ३ बमोजिम ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न सक्ने परिपत्रमा उल्लेख छ ।

‘मुद्रा सटही सम्बन्धी कार्य गर्दा’ संस्थाले देहायका कुनै पनि समयमा ग्राहकको उपयुक्त पहिचान कायम गर्न आवश्यक परिचय लिने र सोको उचित परीक्षण गर्नु पर्नेछ ।

साथै, ग्राहकको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा संस्थाले नियमावलीको नियम ३ बमोजिम ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न सक्ने परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया