ज्यागुअर लैन्ड रोभरले बेलायतमा कर्मचारी कटौती गर्ने घोषणा

लण्डन । ज्यागुअर ल्याण्ड रोभरले बेलायतमा व्यवस्थापकीय जिम्मेवारीका करिब ५०० रोजगारीका अवसरलाई कटौती गर्नेभएको छ ।
कर वृद्धिको समस्या देखाउँदै गत अप्रिलदेखि संयुक्त राज्य अमेरिकामा आफ्नो कारको निर्यात रोकेको भारतीय स्वामित्वको ज्यागुअर ल्याण्ड रोभरले बेलायतमा रहेका करिब ५०० कर्मचारी कटौती गर्ने बताएको हो ।
स्वेच्छिक रिडन्डन्सीमार्फत गरिने कटौती बेलायतमा रोभरको श्रमशक्तिको कुल १.५ प्रतिशत रहेको एक विज्ञप्तिमा उल्लेख छ ।
‘सामान्य व्यावसायिक अभ्यासको भागको रूपमा हामी नियमित रूपमा योग्य कर्मचारीहरूलाई सीमित स्वैच्छिक रिडन्डन्सी कार्यक्रममार्फत कम्पनीबाट बिदा हुने अवसर प्रदान गर्दछौं,’ कम्पनीका प्रवक्ताले भने ।
भारतीय कम्पनी टाटा मोटर्सको स्वामित्वमा रहेको कम्पनीले राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धिको प्रतिक्रियास्वरूप अस्थायी रूपमा अमेरिकामा ढुवानी रोकेपछि बिक्रीमा तीव्र गिरावट आएको रिपोर्ट गरेपछि यो समाचार आएको हो ।
रोभरको खुद्रा बिक्री गत वर्षको सोही अवधिको तुलनामा जुनको अन्त्यसम्मको तीन महिनामा १५ प्रतिशतभन्दा बढीले घटेको छ ।
ज्यागुअरको बिक्रीलाई बेलायतमा यसको विरासत धान्ने वाहनहरूको योजनाबद्धरूपमा विभिन्न चरणमा पूराना मोडेल र उत्पादनलाई हटाईइलेक्ट्रिक मोडेलहरू ल्याउने तयारी गरेको छ ।
कम्पनीको ‘अटोमोटिभ व्यापार संस्था (एसएमएमटी)’ ले गत महिना संयुक्त राज्य अमेरिकामा बेलायती कार निर्यात मे महिनामा ५५ प्रतिशतभन्दा बढीले घटेको बताएको थियो तर बेलायत र अमेरिकाबीच हालै भएको व्यापार सम्झौताले बिक्रीमा सुधार ल्याउन मद्दत गर्ने उल्लेख गरेको छ ।
लण्डन र वासिङ्टनबीच भएको सम्झौताअनुसार बेलायती कार निर्यातमा वार्षिक एक लाख सवारी साधनको सीमामा २७.५ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएको छ । -रासस/एएफपी

प्रतिक्रिया