अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै

काठमाडौं । अन्तरजातीय प्रेमजोडी तथा दम्पतीले समाजमा भोग्नुपरेको सङ्घर्षको कथामा आधारित चलचित्र ‘जदौ’ निर्माण हुने भएको छ ।
सो चलचित्रका निर्देशक काजी लिम्बूले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अन्धविश्वास र कुरीतिबीच नेपाली समाजमा देखिने घटनाक्रम र विषयवस्तुलाई समेटेर मनोरञ्जनात्मक शैलीमा ‘जदौ’ निर्माण गर्न लागेको स्पष्ट गरे ।
उनले भने, यस चलचित्रमा हामीले अन्तरजातीय जोडीको प्रेम र दाम्पत्य जीवनको सङ्घर्षलाई देखाउने छौँ । तपाईं–हामीले समाजमा देख्ने घटनाक्रमलाई नै पटकथामा तयार गरेका छौँ । चलचित्रले विभेद गदैन भन्ने सन्देश दिन्छ, तर प्रस्तुतीकरण पूर्ण रुपमा मनोरञ्जनात्मक नै हुन्छ ।
उनीसँगै यस चलचित्रलाई अञ्जन शर्माले संयुक्त रुपमा निर्देशन गर्नेछन् । उक्त चलचित्रमा अभिनेता मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, ऋचा शर्मा, अनिल सुब्बालगायतका कलाकारले अभिनय गर्नेछन् ।
अभिनेता भुसालले चलचित्रको विषयवस्तुले आफूलाई आकर्षण गरेको बताए । उनले भने, हामी कलाकारले फरक चलचित्रसँगै विषय र पात्रको भिन्नता खोज्ने गर्छौं । यस चलचित्रमा मैले फरक मात्र नभई चुनौतीपूर्ण भूमिका पाएको छु । त्यसकारण म चलचित्रमा जोडिएको हुँ ।








प्रतिक्रिया