‘द वाल स्ट्रिट जर्नल’ र मालिक मर्डोकविरुद्ध मुद्दा चलाउने ट्रम्पको चेतावनी

नेपालखोज २०८२ साउन २ गते १३:५७

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफरी एपस्टाइनलाई लेखेको पत्रका बिषयमा ‘द वाल स्ट्रिट जर्नल’ र यसका मालिक रुपर्ट मर्डोकविरुद्ध मुद्दा दायर गर्ने चेतावनी दिएका छन् ।

सन् २००३ मा एपस्टिनको ५० औँ जन्मदिनको नोटसङ्ग्रहमा एक नग्न महिलाको स्केच र ट्रम्पको हस्ताक्षर सहितको पत्र समावेश गरिएको थियो । उक्त पत्रिकाले पत्रको पुनरावलोकन गरेको तर फोटो नछापिएको जनाएको छ ।

ट्रम्पले ट्रुथ सोसल नेटवर्कमा लेखेका छन्, मैले रुपर्ट मर्डोकलाई यो अफबाह हो भनेको र नक्कली सामग्री (फेक स्टोरी) नछाप्न भनेको थिएँ । तर उनले छापे, अब म उनको काम र उनको ‘न्यून दर्जा’कोे पत्रिकाविरूद्ध मुद्दा दायर गर्छु । यसअघि वाल स्ट्रिट जर्नलकी प्रधान सम्पादक एम्मा टकरलाई ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिट र राष्ट्रपति ट्रम्पले उक्त पत्र नक्कली भएको बताएका थिए ।

रिपब्लिकन राष्ट्रपति ट्रम्पले उक्त समाचारलाई ‘गलत, दुर्भावनापूर्ण र अपमानजनक’ भनेका छन् । पोस्टमा भनिएको छ, राष्ट्रपति ट्रम्पले द वाल स्ट्रिट जर्नल, न्यूजकर्प र रुपर्ट मर्डोकविरुद्ध चाँडै मुद्दा दायर गर्नेछन् । प्रेसले सत्यवादी हुन सिक्नुपर्छ र सम्भवतः अस्तित्वमा पनि नभएका स्रोतहरूमा भरोसा गर्नु हुँदैन ।

ट्रम्पले एपस्टीनसँगको आफ्नो विगतको सम्बन्धलाई लिएर पहिले नै कडा आलोचनाको सामना गरेका थिए । उनको प्रशासनले धनी र शक्तिशाली व्यक्तिहरूको रक्षा गर्न एपस्टिनको अपराधको गलत विवरणहरू ढाकछोप गरिरहेको दाबी गरेको छ ।

संघीय यौन तस्करीको आरोप लगाइएपछि सन् २०१९ मा ट्रम्पको पहिलो कार्यकालमा न्यूयोर्कको जेलमा एपस्टाइनले आत्महत्या गरेका थिए । वेश्यावृत्तिसम्बन्धी दुई अभियोगमा दोषी स्वीकार गरेपछि उहाँ फ्लोरिडामा यौन अपराधीको रूपमा दर्ता हुनुपर्ने थियो ।

–एपस्टिन विवाद–

ट्रम्पसमर्थित अति दक्षिणपन्थी शुभेच्छुकले लामो समयदेखि एपस्टिन काण्डमा केन्द्रित भएको पाइन्छ । उहाँले ‘गोप्य ग्राहक सूची’को अस्तित्व रहेको दाबी गर्दै आउनुभएको थियो तर उहाँको हत्या उहाँको जेलको एक कोठामा घटनालाई ढाकछोप गर्ने उद्देश्यले भएको दावी गरिएको छ ।

ट्रम्पका समर्थकहरूले जनवरीमा ट्रम्पको राष्ट्रपति कार्यालय फर्किएपछि रिपब्लिकनले आफ्ना प्रश्नहरूको जवाफ दिने अपेक्षा गरेका थिए तर अहिले उनीहरूले नै षडयन्त्रका सिद्धान्तहरू झूटा भएको बताउन थालेका छन् ।

न्याय विभाग र एफबीआईले यसै महिना सार्वजनिक गरेको मेमोमा एपस्टिनले ‘ग्राहक सूची’ राखेको वा शक्तिशाली व्यक्तिलाई ब्ल्याकमेल गरेको कुनै प्रमाण नभएको बताएको छ ।

उनीहरूले एपस्टिनको जेलमा हत्या भएको भन्ने दाबीलाई पनि अस्वीकार गर्दै उनले आत्महत्या गरेको दावी गरेका छन् र उनीहरूले अनुसन्धानको बारेमा थप जानकारी जारी नगर्ने बताएका छन् ।

यदि ग्रान्ड जुरीको सुनुवाई वा प्रमाणहरू जारी गरियो भने यो परिवर्तन गरी सार्वजनिक हुनसक्ने आशङ्क ट्रम्पका आलोचकहरूले व्यक्त बताएका छन् ।

ट्रम्पका एक प्रमुख आलोचककी छोरी एपस्टिनको मुद्दा हेर्ने संघीय अभियोजकलाई अचानक बर्खास्त गरिएको अमेरिकी सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।

एफबीआईका पूर्व निर्देशक जेम्स कोमीका पिता माउरिन कोमीलाई म्यानहट्टनमा सहायक अमेरिकी अटर्नीको पदबाट बर्खास्त गरिएको छ ।

प्रतिक्रिया