हिम स्टार उर्जा कम्पनीको शेयर रजिष्ट्रारमा एन आई सी एशिया क्यापिटल नियुक्त

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेड र एन आई सी एशिया क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
उक्त शेयर रजिष्ट्रार सेवा अन्तर्गत हिम स्टार उर्जा कम्पनी लिमिटेडको संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण शेयरहरु सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु यही साउन ०४ गते आइतबार देखि एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली ११, काठमाण्डौ मार्फत हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया