वैचारिक दृष्टिकोण निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ : अध्यक्ष नेपाल

नेपालखोज २०८२ साउन २ गते २०:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक विचार सिद्धान्त निकट रहेका समूह तथा कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियानबीच आज आयोजित एकता सभामा उनले मुलुकको आर्थिक विकास तथा जनताको समृद्धिका लागि सबै क्रान्तिकारी, वामपन्थी शक्तिलाई बलियो बनाउन विभिन्न रूपमा छरिएका कम्युनिष्ट समूहलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए ।

पार्टी बलियो बनाउन समान नीति र उद्देश्य बोकेका अरू दलसँगको एकता र सहकार्य अर्थपूर्ण हुने उल्लेख गर्दै अध्यक्ष नेपालले राष्ट्रिय एकता अभियानसँग गरिएको एकताले पार्टीलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूबाट आएका अभिव्यक्तिले तत्काल उनीहरूसँग एकताको सम्भावना नरहेको बताउँदै उनले त्यहाँभित्रको सैद्धान्तिक तथा वैचारिक विचलन बाधक रहेको विचार व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफ्नो पार्टीको वैचारिक दृष्टिकोणका कारणले देशको राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रष्ट पारे ।

प्रतिक्रिया