युक्रेन युद्धका कारण युरोपेली सङ्घद्वारा रसियामाथि कडा प्रतिबन्ध, तेलको मूल्य सीमा झनै घटाइयो

नेपालखोज २०८२ साउन २ गते २१:०४

काठमाडौं । युरोपेली सङ्घले युक्रेनमाथि रसियाले गरिरहेको आक्रमणलाई रोक्न थप दबाब दिने उद्देश्यले शुक्रबार नयाँ प्रतिबन्धको घोषणा गरेको छ । यसअन्तर्गत रसियाले तेस्रो मुलुकमा गर्न पाउने तेल बिक्री मूल्यलाई झनै घटाइएको छ ।

सन् २०२२ मा युक्रेनमाथि आक्रमण आरम्भ गरेदेखि हालसम्म युरोपेली सङ्घले लगाएको यो अठारौँ चरणको आर्थिक प्रतिबन्ध हो । युरोपेली परराष्ट्र नीति प्रमुख काया कालासले भने, ‘युरोप युक्रेनको साथमा दृढताका साथ उभिएको छ । जबसम्म रसियाले युद्ध अन्त्य गर्दैन, हाम्रो दबाब जारी रहनेछ ।’

युक्रेनी राष्ट्रपतिको भनाइ अनुसार, यो प्रतिबन्ध ‘समयमै लिइएको र अत्यावश्यक कदम’ हो ।

स्लोभाकिया सरकारले रसियन ग्यासको विकल्पमा मूल्यबारे ग्यारेन्टी पाएपछि लामो समयदेखि लगाएको अवरोध हटाएर प्रतिबन्धलाई पारित गर्न सहयोग पुर्याएको हो ।

प्रतिक्रिया