चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएकाे छ : प्रधानमन्त्री

नेपालखोज २०८२ साउन ३ गते १३:२७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताएका छन् ।

आज सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो छ वर्षयता मुलुकले सबैभन्दा ठूलो भौतिक पूर्वाधारमा फड्को मारेको बताए । उनका अनुसार चालु आवमा ९३२ किलोमिटर सडक कालोपत्र भएको समेत उल्लेख गरे ।

‘आजभन्दा छ वर्ष अगाडि हाम्रै सरकार हुुँदा भौतिक पूर्वाधार विकासको गति उच्च भएको रेकर्ड रहेछ, त्यसबीचमा फेरि त्यो गति घटेको रहेछ । अहिले फेरि हामी नै सरकारमा हुँदा पूर्वाधार विकासको गति बढेको तथ्याङ्क प्राप्त भएको छ । यो गति अझ बढाउनुपर्ने छ’, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले आजै इन्जिनियर्स डेको शुभकामना दिँदै भौतिक पूर्वाधारदेखि प्रविधिको विकाससम्म हाम्रो भरपर्दो जनशक्ति इन्जिनियरहरुभएको बताए ।

प्रतिक्रिया