‘७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ को निष्कासन समाप्त

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड द्वारा जारी ‘७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९० चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ ।
कुल ३० लाख इकाई, प्रत्येक एक हजार रुपैयाँको अंकित मूल्यमा, जम्मा तीन अर्ब बराबरको यो निष्काशनमा १.२ करोडभन्दा बढी इकाईका लागि आवेदन प्राप्त भएको थियो । २०८२ असार ३० देखि श्रावण १ सम्म खुला रहेको यो निष्काशनमा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो, जसले नेपाल एसबिआई बैंकको वित्तीय स्थिरता र प्रगतिप्रतिको बलियो विश्वास झल्काउँछ ।
कुल इकाईहरूमध्ये १८ लाख इकाईहरू निजी प्लेसमेन्टमार्फत १२ लाख इकाईहरू सर्वसाधारणका लागि प्रस्ताव गरिएको थियो, जसमध्ये पाँच प्रतिशत अर्थात ६० हजार इकाई म्युचुअल फण्डहरूका लागि सुरक्षित राखिएको थियो । १० वर्ष अवधिका लागि जारी उक्त ऋणपत्रमा सात प्रतिशत वार्षिक आकर्षक ब्याजदर रहेको थियो ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २०८२ ज्येष्ठ ७ मा यो निष्काशनलाई स्वीकृति प्रदान गरेको थियो भने नबिल इन्भेस्टमेन्ट बैंकिंङ्ग लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।








प्रतिक्रिया