सेप्टेम्बर १६ मा प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

नेपालखोज २०८२ साउन ४ गते १३:२९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सेप्टेम्बर १६ तारिकमा भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणको निमन्त्रणा आएको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली सेप्टेम्बर १६ तारिख नयाँ दिल्ली गएर १७ तारिख स्वदेश फर्कनेछन् । भारतीय समकक्षी नरेन्द्र मोदीका तर्फबाट निम्ता आएपछि प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।

प्रतिक्रिया