शुन्य दशमलव ३२ अंकले बढ्दा २१ अर्ब ४६ करोडको शेयर किनबेच

नेपालखोज २०८२ साउन ४ गते १५:३७

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से शुन्य दशमलव ३२ अंकले बढेर २८ सय ७० दशमलव ९५ अंकमा पुगेको हो ।

नेप्से झिनो अंकले बढेपनि कारोबार रकम भने आज निकै बढेको छ । नेप्सेमा आज तीन सय १६ वटा कम्पनीहरुको एकम लाख ७८ हजार एक सय ७६ पटकको कारोबारमा पाँच करोड १६ लाख ५८ हजार तीन सय ८५ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार एक सय ३३ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक २१ दशमलव ४१ अंकले घटेर १५ सय २१ दशमलव ९१ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि पाँच दशमलव १९ अंकले घटेर छ हजार ५२ दशमलव ६७ अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक पनि ५९ दशमलव ८५ अंकले घटेर २५ सय ८३ दशमलव ३५ अंकमा झरेकेमा जलबिद्युत समूहको सूचक पनि १५ दशमलव ८५ अंकले घटेर ३७ सय ४१ दशमलव ९३ अंकमा झरेको छ । यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त र व्यापार समूहको सूचक पनि क्रमशः शुन्य दशमलव १९, ८५ दशमलव ५१, एक दशमलव ५८ र २१ दशमलव ४२ अंकले घटेका छन् ।

जीवन बीमा समूहको सूचक भने आज एक सय ९२ दशमलव २० अंकले बढेर १३ हजार आठ सय ८५ दशमलव ८४ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ७९ दशमलव ५५ अंकले बढेर १३ हजार एक सय ९४ दशमलव ५१ अंकमा चढेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समृद्धि फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया