प्रधानमन्त्री ओली र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षबीच भेटवार्ता
नेपालखोज
२०८२ साउन ६ गते ११:५७

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का)का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएकाे छ ।
आज प्रधानमन्त्री निवास, बालुवाटारमा दुुई देशबिचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको दुईपक्षीय चार समझदारी र विगतमा दुई मुलुकबिच उच्चस्तरीय भ्रमणका अवसरमा भएका विकास सहकार्यका सम्झौताको कार्यान्वयनलगायत विषयमा विचार विमर्श भएको छ ।
प्रधानमन्त्री ओलीले नेपाल र चीनबिच लामो र मित्रवत् सम्बन्धको चर्चा गर्दै नेपाल एक चीन नीति प्रतिबद्ध रहेको दोहोर्याए । उनले हालैको आकस्मिक बाढीका कारण ध्वस्त रसुवागढी नाकामा आवश्यक संरचना निर्माणमा चीनले दिएको प्राथमिकताका लागि धन्यवाद दिँदै नेपाली पक्षबाट पनि आवश्यक तदारुकता दिइएको बताए ।
सम्बन्धित

प्रतिक्रिया