हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

कञ्चनपुर । कृष्णपुर नगरपालिका-५ गजरौला बजारको एक कुनामा बिहानैदेखि धुवाँको मुस्लो, समोसाको गन्ध र तातो चियाको बाफले ग्राहक तानिरहेको हुन्छ । ग्राहकका बीचमा त्यही भेटिन्छ, नन्दप्रसाद तिवारी । चिया र नास्ताको पसलमार्फत उहाँले आफ्नो परिवार चलाइरहेका छन् ।
करिब ५३ वर्षीय तिवारीको जीवन सहज भने थिएन । विक्रम संवत् २०५१ मा भारतको नैनितालमा बसमा उहाँ सहचालकका रूपमा काम गर्दा दुर्घटनामा परे । उनको दायाँ खुट्टा भाँच्चियो र बायाँ पनि कमजोर भयो । रोजगारी गुमेपछि उहाँ घर फर्के ।
श्रीमती लक्ष्मीका साथमा उनी चिया, समोसा र पकौडा बनाउछन् । दुवै जना बिहान ५ देखि बेलुकी ८ बजेसम्म चिया नास्ताको पसल चलाउछन् । त्यसमा उनका छोरा र बुहारीले पनि साथ दिएका छन् । त्यसबाट मासिक ३० देखि ३५ हजार रूपैयाँ सम्म आम्दानी हुन्छ । पसलकै कमाईले किनेको दुई कट्ठा जमिन भए पनि अधिकांश खाद्य सामग्री बजारमै किन्नुपर्ने बाध्यता छ । यस्तैमा उनले पसलको आम्दानीबाट केही रकम बचत गर्दै दुई कोठाको पक्की घर निर्माण गरेका छन् ।
दैनिक २०० रूपैयाँ सहकारीमा बचत गर्ने उहाँले वार्षिक एक लाखसम्म बचत गर्ने गरेका छन् । उनीको पाँच जनाको परिवारको सहारा एक मात्रै त्यही चिया पसल मात्रै रहेको छ । त्यसकै कमाईले परिवारको खर्च चल्छ । तिवारीले पसल खोलेदेखि दुःखको पनि कम अभाव भोगेका छैन् ।
सानो चुलो, चिया र आत्मबलको सहारामा फेरि नयाँ शिराबाट व्यवसाय सुरु गरेर यहाँसम्म आइपुगेको उनले बताए । उनका अनुसार तिवारी अपाङ्गता भएको भए पनि कामबाट कहिल्यै पछि हटेका छैन् । रासस

प्रतिक्रिया