रसुवा बाढीका कारण चीनमा फँसेका नेपालीहरु नेपाल ल्याइँदै
नेपालखोज
२०८२ साउन ७ गते १०:११

काठमाडौ । गत असार २४ गते रसुवागढी नाकास्थित भोटेकोशी नदीको बाढीले मितेरी पुल बगाएपछि चीनको केरुङमा अलपत्र करिब दुई सय नेपालीलाई आज (बुधबार) नेपालतर्फ ल्याइँदैछ ।
बाढीका कारण रोकिएका नेपालीहरू बुधबार बिहानै बजे नै चिनियाँ सवारी साधनमा तातोपानी (चाङ्मु) नाकातर्फ लागेका छन् । रसुवागढी नाकास्थित मितेरी पुल भोटेकोशीको बाढीले बगाएपछि चिनियाँ भूमिमा अलपत्र करिब दुई सय नेपाली नागरिकलाई बुधबार नेपाल फर्काइँदैछ ।
ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाका अनुसार केरुङमा रहँदा २०३ नेपालीलाई चीन सरकारका तर्फबाट सुरक्षित बसोबासको व्यवस्था मिलाइएको थियो ।
दुवै देशबीच कूटनीतिक पहलपछि चीन सरकारसँगको सहयोगमा उनीहरूलाई तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो । तातोपानी आइपुगेपछि उनीहरूलाई नेपाली अधिकारीहरूको जिम्मा लगाइने छ ।
सम्बन्धित

प्रतिक्रिया