लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

नेपालखोज २०८२ साउन ७ गते १३:३५

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–३२ लामेआहालबाट लागूऔषध गाँजा करिब ३ किलो ५ सय ग्राम सहित सोही महानगरपालिका-१७ विरौटा बस्ने गोरखा घर भएका २८ वर्षीय प्रकाश गुरूङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले गोरखाबाट पोखरातर्फ आउँदै गरेको ग.६ प १६३० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

दाङको लमही नगरपालिका-९ अमिलिया चोकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८९० मिलिग्राम सहित सल्यान शारदा नगरपालिका-१ पट्नेरी बस्ने ३१ वर्षीय बिक्रम बुढाथोकीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहागनरपालिका-१३ गैरी टोल बस्ने २८ वर्षीया पुष्पा राईलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५८० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको धरान उपमहानगरापालिका-१७ डाँडा घोपाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ८७३ ट्याब्लेटसहित सोही उपमहानगरपालिका-१७ बस्ने २७ वर्षीय अन्जान विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३२० मिलिग्रामसहित बाँके खजुरा गाउँपालिका–६ सिमलघारी बस्ने ३१ वर्षीय अशोक सुनारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाराको सिम्रौनगढ नगरपालिका–९ पिठवाबाट नियन्त्रित लागूऔषध नोर्फिन १ हजार ६ सय एम्पुल, फेनारगन १ हजार ६ सय एम्पुल र डाईजेपाम १ हजार ६ सय एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही रामनगर गाउँपालिका–१ धुर्वा टोल बस्ने २० वर्षीय राजेश गुप्ता र बारा जीतपुरसिमरा उपमहानगरपालिका–७ खडका टोल बस्ने २४ वर्षीय नसिर अंसारी रहेका छन् । प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.८ प ५४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलालीको जानकी गाउँपालिका–३ नयाँलायकपुरस्थित सडकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र ३५ वर्षीय राजु चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया