विगत एक दशकमा वैदेशिक रोजगारबाट श्रीलङ्कामा उल्लेखनीय आम्दानी
नेपालखोज
२०८२ साउन ७ गते १८:३२

कोलम्बो । श्रीलङ्काले सन् २०१५ देखि २०२५ मे महिनासम्मको अवधिमा वैदेशिक रोजगारबाट ६१.१ अर्ब अमेरिकी डलर बराबरको रेमिट्यान्स प्राप्त गरेको छ ।
यो जानकारी श्रीलङ्काका विदेश तथा वैदेशिक रोजगारका उपमन्त्री अरुण हेमचन्द्रज्यूले हालै संसदमा दिएका हुन् ।
श्रीलङ्काको केन्द्रीय बैंकको तथ्याङ्क अनुसार, उक्त रेमिट्यान्सको राशि करिब १३ हजार ९४६ अर्ब श्रीलंकाली रुपैयाँ बराबरको रहेको छ ।
उनले थप जानकारी दिँदै, सन् २०२५ फेब्रुअरी २५ सम्मको अवस्थासम्म करिब १३ लाख ५० हजार श्रीलङ्काली नागरिकहरू विभिन्न मुलुकहरूमा रोजगारीमा रहेका जानकारी दिए ।
श्रीलङ्काको अर्थतन्त्रका लागि वैदेशिक रेमिट्यान्स प्रमुख आम्दानीका स्रोतहरू मध्ये एक मानिन्छ । -रासस/सिन्ह्वा
सम्बन्धित

प्रतिक्रिया