जगदुल्ला जलविद्युत आयोजना निर्माणको आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन
नेपालखोज
२०८२ साउन ८ गते १०:१०

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रचलित कानूनको बिपरित नहुने र सम्बन्धीत निकाय नै जवाफदेही हुने गरि जगदुल्ला जलविद्युत आयोजना निर्माणको आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले जगदुल्ला जलविद्युत आयोजनाको निर्माण सम्बन्धी उजुरीउपर छलफल गर्दै कानूनको बिपरित नहुने गरि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
उनले जगदुल्ला जलविद्युतको विषयको मुद्दा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले यस बिषयमा थप छलफल अघि बढाउनुपर्ने आवश्यकता नदेखिएको जिकिर गरे ।
सम्बन्धित

प्रतिक्रिया