लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

नेपालखोज २०८२ साउन ८ गते १५:३१

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ सतुङ्गलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ६ किलोग्राम सहित सोही नगरपालिका–९ मच्छेगाउँ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका–२ घर भएका ३९ वर्षीया पार्वती मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपलिका–१० बनकट्टी बस्ने २० वर्षीय संजय रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ८० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१८ बस्ने २९ वर्षीय शंकर बस्नेतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित सोही नगरपालिका–११ भिमबस्ती बस्ने २० वर्षीय निशान्त ढकाल समेत ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिका–९ ब्रह्मदेबबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय संजय लावडलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रह्मदेब समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ३० मिलिग्राम सहित इलाम नगरपालिका–११ बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुरको कटारी नगरपालिका–८ बस्ने ४५ वर्षीया देव कुमारी थापा मगरलाई अवैध लागूऔषध गाँजा ३० किलो ३ सय ६० ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

सुनसरीको इनरूवा नगरपालिका–४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–१ बस्ने २२ वर्षीय साजन श्रेष्ठ र २३ वर्षीय कृष्ण मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिराहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वा बस्ने ३० वर्षीय रबिन मुखियालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका–११ थानाभर्याङ बस्ने २२ वर्षीया अनुशा तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणगढतर्फ आउँदै गरेको ना.७ ख ५१४९ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न बारा जीतपुरसिमरा उपमहानगरपालिका–२१ घर भएका ३२ वर्षीय मनोज कुमार ठकुरीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका–१ वाटरपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ६४ ट्याब्लेट सहित सोही उपमहानगरपालिका–१८ बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बिशालनगरबाट खटिएक प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया