विपत् संकटग्रस्त क्षेत्र घोषणा भएका मधेशका क्षेत्रका जनतालाई आवश्यक राहत दिन सरकारको ध्यानाकर्षण

नेपालखोज २०८२ साउन ८ गते १६:१०

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विपत् संकटग्रस्त क्षेत्र घोषणा भएका मधेशका क्षेत्रका जनतालाई आवश्यक राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष यादवले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेरमात्रै मधेशका किसानको समस्या समाधान नहुने भएकाले आवश्यक राहत दिन सरकारको ध्यानाकर्षण गराए । उनले विधुतीय सिचाइ प्रणाली, खानेपानीको व्यवस्थाका साथै संकटग्रस्त क्षेत्रमा २४सै घण्टा विधुत आपूर्ति गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै यादवले किसानहरुले लिएको ऋणमा छुटको व्यवस्था र आगामी उत्पादनका समयमा अनुदानका साथै किसानलाई विशेष सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया