देशभित्र लगानीको वातावरण बनाउन राजनीतिक स्थायित्व र विश्वासको वातावरण आवश्यक : पूर्वराष्ट्रपति भण्डारी
नेपालखोज
२०८२ साउन ८ गते १७:२०

काठमाडाैं । पूर्वराष्ट्रपति विद्या भण्डारीले देशभित्र लगानीको वातावरण बनाउन राजनीतिक स्थायित्व र विश्वासको वातावरण आवश्यक रहेको बताएकी छन् ।
बिहीबार काठमाडौंमा राइजिङ नेपाल समिटलाई सम्बोधन गर्दै उहाले मुलुकमा परिवर्तन आइसकेपछि अव आर्थिक समृद्धिमा ध्यान दिनुपर्ने भन्दै त्यसका लागि लगानीको वातावरण बनाउनुपर्ने बताएकी हुन् । आर्थिक उन्नयनका लागि स्वदेशी पुँजी, श्रम, सीप र प्रविधिको अधिकतम् उपयोग अति आवश्यक रहेकाले राजनीतिक स्थायित्वमार्फत लगानीको वातावरण बनाउनु अपरिहार्य रहेको उनले बताइन् ।
मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादन प्रवद्र्धन, रोजगारी सिर्जना, ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
सम्बन्धित

प्रतिक्रिया