राष्ट्रपतिले पुनर्विचारका लागि भन्दै फिर्ता पठाए संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

नेपालखोज २०८२ साउन ८ गते २०:०६

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् ।

सो संशोधन संविधानको  मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास  प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपतिकाे कार्यालयले जनाएकाे छ ।

दुबै सदनबाट पारित भई सो संशोधन विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष आएको थियो ।

प्रतिक्रिया