६ किलोग्राम चरेशसहित एकजना पक्राउ

नेपालखोज २०८२ साउन ९ गते ७:१५

काठमाडौं । नेपाल प्रहरीले छ किलोग्राम चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलस्थित सडकबाट छ किलोग्राम चरेशसहित मकवानपुर थाहा नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ डेरा गरी बस्ने पार्वती मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ मगरसँग रातो रङको जेब्रा झोलाभित्र १२ थान चरेश बोकेर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

पक्राउ परेकी मगरलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।

प्रतिक्रिया