‘सङ्घीयता बलियो बनाउन कर्मचारीको महत्त्वपूर्ण भूमिका हुन्छ’

नेपालखोज २०८२ साउन ९ गते २१:१५

दमौली । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सङ्घीयता बलियो बनाउन कर्मचारीको महत्त्वपूर्ण भूमिका हुने बताएकी छन् ।

तनहुँको देवघाट गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा मन्त्री न्यौपानेले सङ्घीयता सुदृढ र बलियो बनाउन कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरिन् ।

मन्त्री न्यौपानेले सङ्घीय निजामती ऐन चालु संसद् अधिवेशनमा पारित हुने बताइन् । मन्त्री न्यौपानेले मन्त्रालयले कर्मचारी सरुवासम्बन्धी मापदण्ड बनाउँदै गरेको बताउँदै गुनासो सुनुवाइ संयन्त्र स्थापना गरिसकेको उल्लेख गरिन् ।

मन्त्रालयका छ वटा महाशाखा र १९ वटा शाखामा भइरहेका समस्याको बारेमा आफूले जानकारी लिएको बताउँदै त्यसलाई क्रमशः समाधान गर्दै लगिने मन्त्री न्यौपानेले बताइन् ।

प्रतिक्रिया