‘देश चौतर्फी रूपमा विकासको गतिमा बढिरहेको छ’

वीरगञ्ज . प्रधानमन्त्री केपी शर्मा ओलीले देश चौतर्फी रूपमा विकासको गतिमा अगाडि बढिरहेको बताएका छन् ।
बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विगत १० वर्षमा मुलुकमा धेरै खालका विकास र पूर्वाधार निर्माणको काम भएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले पछिल्लो एक वर्षमा मुलुकमा सडक, पुल र भवन निर्माण चौतर्फी गतिमा भइरहेको दाबी गरे । सरकारले विकास निर्माणसँग सम्बन्धित नीतिकै कारणले पछिल्लो समय विकास निर्माणमा धेरै फड्को मार्न सफल भएको उनले दाबी गरे ।
प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गअन्र्तगत केही माटो परीक्षण र डिजाइनको त्रुटीको कारणले जनताले सास्ती भोग्नुपरेको गुनासो गरे । प्रधानमन्त्री ओलीले विगतका कमीकमजोरीबाट सिकेर आगामी दिनमा पुल र सडक बनाउँदा सावधानी अपनाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले हुलाकी राजमार्ग कुनै ठाउँमा निकुञ्जको कारणले पनि निर्माणको काम अधुरै रहेको बताए ।

प्रतिक्रिया