ज्योति विकास बैंकको १७ औँ वार्षिकोत्सव समारोह सम्पन्न

काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १७ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । सहज पहुँच भएको बृहत वित्तीय सेवा तथा सूचना प्रवाहमार्फत समस्त नागरिकहरूको जीवनमा सार्थक र साश्वत समृद्धि ल्याउने मूल उद्धेश्यका साथ वि.सं. २०६५ सालको श्रावण ०९ गते स्थापना भएको ज्योति विकास बैंकले मिति २०८२ सालको श्रावण ०९ गते, शुक्रबार, गौरवमय १७ वर्षको सफल यात्रा पुरा गरि १८ औं वर्षमा प्रवेश गरेको हो ।
प्रधान कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए । उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु, भूतपूर्व अध्यक्ष, भूतपूर्व सञ्चालकहरु र कर्मचारीवर्गको उपस्थिति रहेको थियो । बैंकका अध्यक्ष हरि चन्द्र खड्काले पानसमा दीप प्रज्वलन गरि औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरेका थिए ।
बैंकले वार्षिकोत्सवको दिन उपलब्ध एआई च्याटबट “ज्योति” सार्वजनिक गरेको छ, जसले सरल इन्टरफेस र भाषिक विकल्पमार्फत ग्राहकहरुलाई बैंकिङ्ग जानकारीमा सहज पहुँच र तुरुन्तै जानकारी प्राप्त गर्ने सुविधा प्रदान गर्नेछ । यसले बैंकको डिजिटल ग्राहक सेवा थप सशक्त बनाउने विश्वास लिइएको छ । त्यस्तै, बैंकले क्ष्लतभचदबलप त्भििभच त्तच् सेवा सुरू गरेको छ । यस सेवामार्फत खाता नभएका व्यक्तिहरुले पनि आफ्नो बैंकको मोबाइल बैंकिङ्ग एप वा खल्ति वालेट प्रयोग गरी ज्योति विकास बैंकका शाखाबाट सहज रूपमा नगद झिक्न सक्नेछन्, जुन सेवा विशेषगरी ब्त्ः वा सम्बन्धित शाखा पायक नपर्ने अवस्थाहरूमा निकै उपयोगी हुनेछ ।
वार्षिकोत्सवको अवसरमा, बैंकले “हाम्रो विकास प्रवद्र्धन कोष” मार्फत विविध गौरवपूर्ण सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको घोषणा तथा सम्झौता गरेको छ । तिलगंगा इन्स्टिच्युट अफ अफथ्याल्मोलोजीसँगको सहकार्यमा सप्तरीको कञ्चनरुपमा आँखा जाँच तथा मोतिविन्दुको निःशुल्क शल्यक्रिया सञ्चालन हुनेछ । राष्ट्रिय आविष्कार केन्द्रसँगको साझेदारीमा १० वटा ’न्यानो नानी’ बेबी वार्मर उपकरण दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा जडान गरिनेछ ।
यस्तै, ई-नेबल नेपालसँग मिलेर १७ जना शारीरिक तवरले फरक बालबालिकालाई ३म् प्रविधिबाट निर्मित कृत्रिम हात प्रदान गरिनेछ। साथै, हरियाली प्रवद्र्धनका लागि लुम्बिनी वल्र्ड पिस फोरमसँग सहकार्यमा सातै प्रदेशमा १,७०० वृक्षारोपण गरिने घोषणा गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले ज्योतिज गट ट्यालेन्टको दोस्रो संस्करण आयोजना गर्दै कर्मचारी तथा उनीहरूका बालबालिकाको प्रतिभालाई प्रोत्साहन गरेको थियो । विविध सिर्जनात्मक तथा कलात्मक प्रस्तुतिमार्फत सम्पन्न प्रतियोगिताका उत्कृष्ट सहभागीहरूलाई बैंकका अध्यक्ष हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । सहभागी सबैलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
यसै अवसरमा बैंकले आफ्नो संस्थागत नारा पनि सार्वजनिक गरेको छ । बैंकको मूल उदेश्य, ध्येय र मान्यताको दर्पणको रुपमा सिर्जनात्मक र रचनात्मक ढङ्गले सम्पूर्ण सरोकारवालाहरुलाई सन्देश दिने हेतुले उक्त संस्थागत नारा सिर्जना गरिएको हो । उक्त नाराले बैंकको पहिचान, मूल्य मान्यता, ध्येय र दूर दृष्टिलाई संगीतमार्फत जीवन्त रूपमा प्रस्तुत गर्दै कर्मचारी, ग्राहक तथा साझेदारहरूसँगको सम्बन्धलाई अझ सशक्त बनाउने विश्वास लिइएको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ, जसमा करिब ५५ जना कर्मचारी, ग्राहक र अन्य सर्वसाधारणले रक्तदान गरेका छन् । साथै बैंकले वार्षिकोत्सवको अवसरमै निशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविर पनि आयोजना गरेको छ जसमा बैंकका कर्माचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा बैंकको अभ्युदय र प्रगतिको लागि समर्पित अविछिन्न योगदान, अटुट विश्वास, र तिलस्मी सेवाको कदर स्वरूप विगत १० वर्ष तथा १५ वर्षदेखि अनवरत रूपमा कार्यरत रही योगदान दिएका कर्मचारीहरूलाई सम्मानित गरेको छ ।








प्रतिक्रिया