कुलिङ अफ पिरियडमा भएको छेडखानीमा प्रधानमन्त्रीमाथि छानविन हुनुपर्छ : प्रचण्ड

नेपालखोज २०८२ साउन १० गते १४:५४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलिङ अफ पिरियडमा भएको छेडखानीमा प्रधानमन्त्रीमाथि छानविन हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै प्रचण्डले कुलिङ अफ पिरियडमा छेडखानी गर्ने एमालेको नियत देखिएको भन्दै यस बिषयमा प्रधानमन्त्रीमाथि छानविन हुनुपर्ने बताएका हुन् ।

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गरेको उनले बताए । उनले एमालेका सांसदहरूले राष्ट्रिय सभामा ल्याएको संशोधन प्रस्तावबाट माओवादी केन्द्रले उठाएको शंका पुष्टि भएको बताए ।

त्यस्तै प्रचण्डले कांग्रेस र एमाले दुवै पार्टीमा वैचारिक नेतृत्वको खडेरी रहेको टिप्पणी गरे ।

प्रतिक्रिया