साम्पाङमा रहेको बौद्ध गुम्बा संरक्षण

भोजपुर । षडानन्द नगरपालिका-१० साम्पाङमा रहेको ‘हिमालयन माहायान छेदेन छ्याकी खोलो’ बौद्ध गुम्बाको संरक्षण गरिएको छ । संरक्षण अभावमा जीर्ण बन्दै गएको गुम्बाको षडानन्द-१० सम्पाङ वडा कार्यालय तथा प्रदेश सरकारको बजेटमा संरक्षण गरिएको हो । गुम्बा भवन संरक्षण गरिएपछि यहाँका बौद्ध धर्मावलम्बी खुसी भएका छन् ।
पूजाआजा गर्न सहजता भएको गुम्बाका लागि सिंहबहादुर तामाङले बताउनुभयो । यो गुम्बामा पाठशालासेमत सञ्चालन भइरहेको छ । समुदायअनुसारको धर्म संस्कार र संस्कृतिको संरक्षण गर्न वडाको आर्थिक सहयोग तथा पहलमा गुम्बाको संरक्षण गरिएको वडाध्यक्ष पेमदोर्ची शेर्पाले बताए ।
वडाको माथिल्लो भेगमा तामाङ र शेर्पा समुदायको बसोबास रहेकाले संस्कृतिको संरक्षणमा जोड दिन गुम्बा संरक्षण गरिएको वडाध्यक्ष शेर्पाले बताए । गुम्बा संरक्षणका लागि विभिन्न आर्थिक वर्षमा वडा र प्रदेश सरकारलगायत निकायबाट ३० लाख हारहारीमा खर्च गरिएको वडाध्यक्ष शेर्पाको भनाइ छ ।
गुम्बाको घेराबारा, प्रवेशद्धार निर्माण, छानो फेर्ने, धारा निर्माणलगायतका काम गरिएको हो । भावी दिनमा पनि आवश्यकताका आधारमा वडाले अन्य गतिविधि सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया