मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धमा विज्ञसँग छलफल

नेपालखोज २०८२ साउन ११ गते १७:४४

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धमा विज्ञसँग छलफल गरेको छ । सिंहदरबारमा आइतबार बसेको बैठकमा बिज्ञहरुले विधेयकका रहेको केहि व्यवस्थालाई सुधार गर्दै अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

बैठकमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्ट, वरिष्ठ पत्रकार तारानाथ दाहाल, त्रिभुवन विश्वविद्यालय पत्रकारिता बिभागका विज्ञ लगाएतले मिडिया काउन्सिल विधेयकको उदेश्य पत्रकारिताको क्षेत्रमा आउन सक्ने विविध विषयलाई नियमन गर्ने विधेयक भएकाले मिडिया काउन्सिललाई स्वायत्त हुने गरि कानून बनाउनुपर्ने सुझाव दिए ।

त्यस्तै मिडिया काउन्सिलमा स्वतन्त्र नियुक्ति, संसदको प्रतिनिधित्व अनिवार्य रुपमा रहने प्रावधान रहने समेत सुझाव उनीहरुले दिएका छन् ।

साथै उनीहरुले विधेयकले छापा माध्यमलाई जत्ति नै प्रसारण माध्यमलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । समितिले सोमबार मिडिया काउन्सिल विधेयकका सम्बन्धमा सरोकारवालाहरुसँग अन्तक्र्रिया गर्ने जनाएको छ ।

प्रतिक्रिया