थाइल्याण्ड र कम्बोडिया वार्ताका लागि तयार, मलेसियामा हुँदै महत्वपूर्ण बैठक
नेपालखोज
२०८२ साउन ११ गते २०:५०

काठमाडाैं । चार दिनदेखि जारी द्वन्द्व अन्त्य गर्न थाइल्याण्ड र कम्बोडिया सोमबार मलेसियामा वार्ता गर्न सहमत भएका छन् । थाइल्याण्डले आइतबार भनेको छ कि कार्यवाहक प्रधानमन्त्री फुमथम भेचायचाईको नेतृत्वमा एक प्रतिनिधिमण्डल वार्तामा भाग लिनेछ ।
थाई सरकारले मलेसियाले कम्बोडियाली प्रधानमन्त्री हुन मानेट पनि छलफलमा भाग लिने जानकारी गराएको बताएको छ ।यसअघि शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाई तत्काल युद्धविरामको लागि अपील गरेका थिए ।
युद्धविराम गराउन ट्रम्पको प्रयासको लागि दुवै देशले धन्यवाद दिएका छन्। यद्यपि, ट्रम्पको पोस्ट पछि पनि आइतबार रातभरि दुई देशको सीमामा गोलीबारी जारी रह्यो ।
थाइल्याण्ड र कम्बोडिया बीचको यो लडाई २४ जुलाईमा सुरु भएको थियो। दुई देश बीचको यो लडाईमा हालसम्म कम्तीमा ३३ सैनिक र सर्वसाधारणको मृत्यु भइसकेको छ । बीबीसी
सम्बन्धित

प्रतिक्रिया