एनएमबि बैंकद्वारा माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
काठमाडौं । एनएमबि बैंक लि. तथा मन्दाकिनी हाइड्रोपावर लि. बीच २.९ मेगावाट क्षमताको कास्की जिल्ला, माछापुच्छ««्रे गाउँपालिकामा अवस्थित माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन गर्नै सम्झौंता भएको छ । यस आयोजनामा एनएमबि बैंक लि. को एकल ऋण लगानी रहको छ ।
२.९ मेगावाट क्षमता रहेका माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको करिब लागत ६६ करोड १८ लाख ९४ हजार रहने जानकारी गराईएको छ भने बैंकको ऋण लगानी ४६ करोड ३३ लाख २५ हजार रहने छ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमानै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावर लि. लाई आग्रह गरेकोमा उक्त कम्पनीका अध्यक्ष शरद कुमार दाहालले वित्तिय व्यवस्थापनमा सहयोग गरेकोमा एनएमबि बैंकलाई धन्यवाद ज्ञापन गर्नुका साथै, माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसिमामा नै सम्पन्न गर्ने विचार व्यक्त गरेका छन् ।
यसका लागि स्थानीय सरकारसँग सहकार्य गरेर आयोजना अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । त्यसैगरी, मन्दाकिनी हाइड्रोपावर लि. द्वारा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा प्रबद्र्वित ४ मेगावाट क्षमता रहेको सार्दी खोला जलविद्युत आयोजनाले वि.स. २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन सुचारु भई रहेको र उक्त आयोजनामा समेत एनएमबि बैंक लि. को अगुवाईमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भइरहेको जानकारी दिए ।
बैंकले हाल देशभरी दुई सय दुई वटा शाखाहरु, एक सय ८७ वटा एटिएमहरु र नौं वटा एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।








प्रतिक्रिया