प्रचण्ड माधव नेपालकाे भेटमा समाजवादी मोर्चाको गतिविधि, विभिन्न विधेयकलगाएतका विषयमा छलफल

नेपालखोज २०८२ साउन १२ गते २०:०२

काठमाडाैं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

सिंहदरबारस्थीत माओवादी संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा समाजवादी मोर्चाको गतिविधि, विभिन्न बिधेयक लगाएतका बिषयमा छलफल भएको नेताहरुले जनाएका छन् ।

छलफलपछि नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले समाजवादी मोर्चाको बैठक मंगलबार बस्ने र त्यसलाई उपलव्धीमूलक बनाउने बिषयमा छलफल भएको जानकारी दिए ।

त्यस्तै शिक्षासम्बन्धी विधेयक, निजामति विधेयकलाई रोक्ने प्रयास भएकाले यसलाई अघि बढाउन दुई पार्टीले सदनमा प्रभावकारी भूमिका निर्वाह गर्ने बिषयमा पनि छलफल भएको उनले बताए ।

त्यस्तै उहाले दुई पार्टीका कार्यकर्ताबीचको सहकार्यलाई समृद्ध र व्यवस्थीत गर्दै लैजाने सहमति भएको जानकारी दिए ।

प्रतिक्रिया