सुक्खा पहिरोले पृथ्वी राजमार्गको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध
नेपालखोज
२०८२ साउन १२ गते २१:४३

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा आज साँझ खसेको सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।
सडकको बीच भागमा ठूला ढुङ्गा खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो पन्छाएर हटाएर राजमार्ग सञ्चालनको प्रयास भइरहेको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया