केटाकेटी बिरामी परिरहनेभएपछि थाकथलो छाडे उर्मिला हायूको परिवारले : प्रहरी

नेपालखोज २०८२ साउन १३ गते ७:४०

गण्डकी । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उर्मिला सहित उहाँका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए ।

‘हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उहाँहरू जहाँ बसेको हो त्यही रहनुुभएको छ, सामान्य सोधपुछ गरेर राखिएको छ’, उनले भने, ‘उहाँहरू त्यहाँ कोठा खोजेर बस्नुुभएको रहेछ ।’

घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उहाँहरूले प्रारम्भिक जानकारी दिएका प्रहरी प्रमुख विकले जानकारी दिए । उनीहरूकाबारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । -रासस

प्रतिक्रिया